कोभिड–१९को नयाँ प्रकारले सन् २०२१ मा झन कठिनः डब्ल्यूएचओ

  प्रकाशित मिति
४ माघ २०७७, आईतवार १३:४०


झापा, ४ माघ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ प्रकारको कोभिड–१९को कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ ।

कोभिड–१९को नयाँ प्रकार पहिलाको भन्दा धेरै संक्रामक रहेको विवरणका बीच संगठनले त्यस्तो चेतावनी दिएको हो ।

उच्च संक्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज