झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

  प्रकाशित मिति
५ माघ २०७७, सोमबार ०८:०१


झापा, ५ माघ । सरकारले संसद विघटन गरी वि.सं. २०७८ बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारबाट अनुगमन सुरु गरेको हो ।

समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्दशी गाउँपालिकाका मतदात स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए । समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेको उनको भनाई छ ।

उनले विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकोमा यसपालि केही थप हुने बताए । विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने बताए ।

उनले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताए । मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीयसँग छलफल समेत भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज