प्रचण्डलाई काँध हाल्न सकिन्न, राम–राम मात्र भन्न सक्छौँ : ओली

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार १६:३०


झापा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन् ।

प्रचण्ड खिइएर सकिन लागेको उनको भनाइ छ ।

उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’

(देशसञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज