फेसबुकद्वारा म्यानमारका सेना प्रमुख ह्लाइङको पेज डिलिट
प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार १३:४५
झापा, ९ फागुन । सामाजिक सञ्जाल (फेसबुक)ले म्यानमारका सेना प्रमुख मिन ओङ ह्लाइङको पेज डिलिट गरेको छ ।
हिंसात्मक गतिविधिका लागि उक्साएको अभियोग लगाउँदै सावधानीका लागि म्यानमारका सेना प्रमुख ह्लाइङको पेज डिलिट गरिएको फेसबुकले जनाएको छ ।
सैन्य कू विरुद्ध भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगका कारण शनिबार दुई जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट फेसबुकले सेनाको पेज डिलिट गरेको हो ।
म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्तालाई हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसको विरोधमा विगत २० दिनदेखि त्यहाँ प्रदर्शन हुँदै आएको एजेन्सीहरुले जनाएको छ ।
म्यानमारकी नेतृ आङ साङ सूकीसहितलाई रिहा गरिनु पर्ने र निर्वाचित सत्ता पुनर्बहाली हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।