पूर्वी गृह सहकारीको पदस्थापन

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार ११:२९


मेचीनगर, १० फागुन । पूर्वी गृह वतच तथा ऋण सहकारी संस्थाको नयाँ समितिले पदभार ग्रहण गरेको छ ।

मेचीनगर–९ स्थित संस्थाको प्रधान कार्यालयमा सञ्चालक समितिको आइतबार पहिलो वैठक अघि नयाँ अध्यक्ष विशेश्वरप्रसाद भट्टराईले पदभार ग्रहण गरेका हुन् ।

पूर्वी गृह वतच तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवम् हाल लेखा समिति संयोजक दुर्गालाल श्रेष्ठले वैठकअघि अध्यक्ष भट्टराईलाई अविर लगाएर अध्यक्षको कुर्सीमा पदस्थापन गरेका थिए ।

साविकका दुई वटा सहकारी पूर्वीद्वार र गृहलक्ष्मी यहि फागुन ७ गते एकीकरण भएपछि संस्थाको अध्यक्ष लगायत कार्यसमितिमा युवा पुस्ता आएपछि शेयर सदस्यहरु खुशी भएको महसुस गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज