सम्बन्ध बलियो तुल्याउन नेपाल–भारत सीमामा पत्रकारहरु सहमत

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १४:३१


काँकरभिट्टा, १० फागुन । सीमा क्षेत्रमा कार्यरत नेपाल र भारतका सञ्चारकर्मी तथा विभिन्न निकायका अधिकारीहरु जनस्तरमा आपसी सम्बन्ध र सहकार्यलाई प्रगाढ तुल्याउन सहमत सहमत भएका छन् ।

त्यसका लागि सीमा क्षेत्रका दुबै देशका नागरिकहरुको साझा हितका सवालहरुको पहिचान गरिनु पर्ने र मानवीय मुद्धामा जोड दिइनु पर्ने उनीहरुको धारणा छ ।

मानव अधिकार पत्रकार संघ (हुर्जा)को आयोजनामा आइतवार काँकरभिट्टामा भएको सीमापार मुद्धामा भएको छलफलमा सहभागीहरुले खुला सीमा र १९५० को मैत्री सन्धीले दुबै देशका नागरिकहरुलाई स्वतन्त्र आवतजावत र कारोवार सहज बनाइदिएको बताए ।

कार्यक्रममा मेचीनगरका नगरप्रमुख विमल आचार्य, सञ्चार विज्ञ एवम् खोज पत्रकारिता केन्द्रकी पूर्व सम्पादक नम्रता श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सिलिगुडी जर्नालिस्ट क्लवका अध्यक्ष प्रमोद गिरी, काँकरभिट्टा इप्रकाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, पर्यावरण संरक्षण अभियन्ता सुप्रितम राज बसु र साहित्यकार राजा पुनियानीले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा मानव अधिकारकर्मी विष्णु खरेल, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की, प्राज्ञ सुभद्रा अर्याल, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष बिना तामाङ, मेचीनगर लेडी जेसिजकी पूर्व अध्यक्ष उषा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल, भारतको दार्जीलिङ र सिक्किमका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण हुर्जाका अध्यक्ष घनश्याम खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज