नेकपा प्रचण्ड–नेपालको झापा अध्यक्षमा रेग्मी
प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १६:३०झापा, १० फागुन । नेकपा प्रचण्ड–नेपाल समुहको झापा अध्यक्षमा बेदराज रेग्मी सर्वसम्मत चयन भएका छन् ।
सोमबार नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटिको वैठकले झापाको अध्यक्षमा रेग्मीलाई सर्वसम्मत चयन गरेको हो । उनी नेकपाको प्रदेश कमिटी सदस्य थिए ।
त्यस्तै जिल्ला सचिवमा तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए ।
केन्द्रीय कमिटिले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भाग वण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो ।
बाँकी ९ जिल्लामा पनि चाडै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठन भित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
झापामा नेकपा ओली समूहको जिल्ला अध्यक्षमा चिन्तन पाठक नै छन् ।