पुनःस्थापना भएछ भने पनि चुनावमै जानुपर्छ : कांग्रेस नेता
प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १६:४९झापा १० फागुन । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद् पुनःस्थापनाको बाटोमार्फत पनि चुनावमै जानु पर्ने बताएका छन् ।
सोमवार पार्टीका युवा नेताहरुसँगको छलफल कार्यक्रममा बोल्दै रिजालले यसका लागि पार्टीका शीर्ष नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल एकमत हुनुपर्ने बताए ।
‘पुनःस्थापनाको बाटोबाट गए पनि ६ महिनाभित्र चुनाव नै गर्नु उपयुक्त हुन्छ,’ उनले भने । नत्र पहिलो संविधानसभा भंग भएपछि खिलराज रेग्मी खोजेर चुनाव गराए जस्तै परिस्थिति नआउला भन्न नसकिने उनको भनाई थियो ।
उनले संसद् पुनःस्थापना भएमा दुई वर्ष थाम्छु भन्नु मुर्खता हुने पनि बताएका छन् ।