प्रतिबन्ध फुकुवा भएपछि विप्लबले वार्ता गर्ने

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार १७:२३


झापा १० फागुन । सरकार र नेकपाको विप्लब समूहबीच वार्ता कहिले र कसरी होला भन्ने विषय आमचासो बनेको छ ।

हालै सरकार र विप्लब दुबै पक्षले वार्ताका लागि तयार रहेको विज्ञप्ति निकाले पछि हालको द्वन्द्व रुपान्तरण हुनेमा आम नागरिक आशाबादी बनेका हुन् ।

केही दिन अघि सरकारले विप्लबका पहिलेका नजिकका साथी रहेका मन्त्री मणि थापालाई जेलमा रहेका विप्लबका नेताहरुसँग भेट्न पठाएको छ ।

लगत्तै, विभिन्न च्यानलमार्फत विप्लबका नेतासँग सरकारी पक्षका प्रतिनिधिले अनौपचारिक कुराकानी गरिरहेको समेत समाचार आयो ।

लगत्तै फागुन ८ गते समूहका महासचिव विप्लब स्वयम्ले विज्ञप्ति निकालेर वार्ताका लागि सकारात्मक रहेको जनाए ।

उनले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बनाउनु पर्ने एक सूत्रीय शर्त अघि सारेका छन् ।

यो शर्तको अर्थ विप्लबले पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गरेका हुन् ।

सरकारले भने प्रतिबन्ध फुकुवा गरिनु अघि विप्लबले हत्या हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गर्नु पर्ने अडान राख्दै आएको छ ।

विप्लबसँग वार्ताको चर्चा चुलिएसँगै राजनीतिक बजारमा भने विप्लब अब शान्तिपूर्ण राजनीतिमा मात्र नभएर सरकारमै जाने हल्ला चलाउन थालिएको छ ।

नेकपा विप्लब समूहका एक नेताले बजारिया हल्ला प्रायोजित र भ्रम फिजाउने नियतबाट आएको बताए ।

‘वार्ता भएकै छैन, जेलमा थुनिएका सयौं नेताको रिहाइ भएकै छैन,’ उनको भनाई छ–‘चुनाव कस्तो र कसरी हुने भन्ने बुर्जुवा दलहरुको झगडा अदालतबाट छिनोफानो नै भएको छैन, अहिले नै हाम्रो पार्टी सरकारमा जाने हल्ला निराधार हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज