नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्दै

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार १७:४१


झापा, ११ फागुन । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम निरन्तर जारी छ ।

सोही क्रममा नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता विमली खरेलले मंगलबार ११ हजार रुपैयाँ प्रदान गरिन् ।

बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष विमलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

सहयोग हस्तान्तरण गर्दै महिला उद्यमी विमलीले अक्षयकोषमा सहयोग गर्न पाएको खुशी व्यक्त गरिन् भने सञ्चार गृहका अध्यक्ष शिवाकोटीले धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरुप्रति हार्दिक आभार व्यक्त गरिन् ।

सोही अवसरमा प्रेस सेन्टर नेपालका प्रदेश सहसंयोजक तीर्थ सिग्देलले पनि सञ्चार गृहको कोषका लागि ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज