कांग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार २०:०९झापा, ११ फागुन । नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासम्बन्धी फैसलाको स्वागत गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलाको स्वागत गरेका हुन् ।
कांग्रेसले सरकारको संसद विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनेको स्मरण गर्दै सर्वोच्च अदालतले मंगलबार गरेको संसद पुनर्स्थापना सम्बन्धी फैसलाको सम्मान गर्दै स्वागत गरेको हो ।