सर्वोच्चको फैसला जनताको जित : प्रवक्ता शर्मा

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार २०:१९


झापा, ११ फागुन । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला जनताको जित भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरिदिएपछि प्रवक्ता शर्माले अधिनायक आकांक्षालाई समेत बदर गरेको उल्लेख गरेका छन् । उनले फैसला सुनाउने न्यायाधीशहरुलाई सलाम भनेका छन् ।

प्रवक्ता शर्माले भनेका छन्, ’न्यायमूर्तिहरुलाई लाख लाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज