नेपाली जनताको जीत भएको छ : सभामुख सापकोटा

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार २०:४८


झापा, ११ फागुन । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनताको जीत र संविधानवादको जीत भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जीत भएको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताए ।

उनले भने, ‘सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जीत भएको छ । संविधानवादको जीत भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज