तानाशाह बन्ने ओलीको प्रयास विफल : रविन्द्र मिश्र
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार २०:५८झापा, ११ फागुन । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मिश्रले लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने प्रधानमन्त्री ओलीको प्रयास विफल भएको बताएका हुन् ।
नेपाली राजनीतिमा ओली प्रवृति अझै समाप्त नभएको उनको भनाइ छ । ओलीको विकल्प देउवा र प्रचण्ड नहुने पनि उनको टिप्पणी छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ ।
लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन । ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन् ।’