तेराखको मझेरीमा साहित्यकार ओडारीलाई स्रष्टा सम्मान

  प्रकाशित मिति
१४ फाल्गुन २०७७, शुक्रबार २१:१२


धुलावारी, १४ फागुन । स्रष्टा मञ्चले साहित्यकार गंगाप्रसाद ओडारीलाई सम्मान गरेको छ ।

अग्रज साहित्यकार तेजराज खतिवडा (तेराख)ले २०७१ सालमा मञ्चको स्थापना गरेका थिए । तेराखको निवासमै शुक्रवार सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

सात वटा कृतिका रचयिता ओडारी मेचीनगर वडा नं. ९ निवासी हुन् । उनले साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गरेर सम्मान गरिएको कार्यक्रमको सभाध्यक्ष समेत रहेका मञ्चका संस्थापक तेराखले बताए ।

साहित्यकार एवम् प्रमुख अतिथि विनोद खनालले दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र हस्तान्तरण गरेको सो अवसरमा शिव भण्डारी, भगविती ढुंगेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साहित्यकार मातृका संग्रौलाले स्वागत गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए भने साहित्यकार परशुराम तिम्सिनाले सम्मानित प्रतिभाको परिचय प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालक जयप्रसाद भण्डारी थिए । साहित्यकार जयप्रसाद आचार्य, कृष्ण सुमार्गीलगायतले सोही अवसरमा कविता बाचन गरेका थिए ।

स्रष्टा मञ्चका संस्थापक साहित्यकार तेराखले आफ्नै मझेरीमा पाहुनामाझ साहित्यिक समारोह गर्न पाएकोमा खुशी व्यक्त गर्दै साहित्यकारहरुलाई राजनीतिक दलको आधारमा विभाजित नहुन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज