ओलीले बोलाए संसदीय दलको बैठक

  प्रकाशित मिति
२३ फाल्गुन २०७७, आईतवार १७:२७


झापा, २३ फागुन । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसला लगत्तै प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भने । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज