सर्वोच्चको फैसलाको अर्थ : सूर्य चिह्न ओलीको !

  प्रकाशित मिति
२३ फाल्गुन २०७७, आईतवार १८:२०


झापा, २३ फागुन । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिकै अवस्थामा कायम रहने फैसला सुनाएको छ ।

यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहने पक्का भएको छ ।

नेकपा विभाजनको कसरतका बीच सर्वोच्च फैसलाले २०७५ जेठ २ कै स्थितिमा पुर्याइदिएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा जन्मिएको थियो ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिँदै साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो ।

पुनः एकीकरण गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रक्रिया पुर्याएर एकीकरण गर्न पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज