धुलाबारी रोलिङ कपको उपाधि शिवसताक्षीलाई

  प्रकाशित मिति
१५ चैत्र २०७७, आईतवार १६:४८


मेचीनगर, १५ चैत । दोस्रो हाफको अन्तिम आठौँ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि हत्याउन असफल भएको छ ।

धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक रोलिङलले टाइब्रेकरमा ४–३ गोल अन्तरलेपछि पर्दै उपाधि शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लबको पोल्टामा पुग्यो ।

खेलको नतिजालाई दोस्रो हाफको ३५औं मिनेटमा उल्टाएर शिवसताक्षीले उपाधिसँगै नगद २ लाख हात पार्यो ।

२–१ ले अगाडि रहेकोे धुलावारीले अन्तिम समयमा आएर शिवसताक्षी माथि डिएरिया नजिकै फल्ड गरेपछि पाएको फ्रिकिकलाई विकास लामाले उत्कृष्ट प्रहार गर्दै विपक्षीको जाली चुमाउन सफल भए । योसँगै निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि नतिजाका लागि खेल सोझै टाइब्रेकरतर्फ धकिलिएको थियो ।

टाइब्रेकरमा आयोजककातर्फबाट कप्तान पुजन उपरकोटीको पहिलो प्रहार पोष्टबारबाट बाहिरियो । शिवसताक्षीका विकास लामाको प्रहारलाई रोलिङका गोल रक्षक सूर्य घिमिरेले बजाउ गरेपनि टिमलाई जिताउँन सकेनन् । रोलिङका लागि विकास थुलुङ, कोमल खवास, निशेन सुब्बाले गोल गर्दा शिवसताक्षीका लागि युसुफ थपलिया, संजोग महर्जन, जनक कोइराला र रोशन दोङले गोल गरे ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिवसताक्षीका जनक कार्की म्यान अफ दी म्याच बन्दै नगद १० हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ ।जसमा बेष्ट डिफेन्स आयोजक रोलिङका दिवस उराउ, बेष्ट मिडफिल्ड शिवसताक्षीका रोहन कार्की, बेष्ट स्ट्राइकर रोलिङका विदेशी खेलाडी फोफोना, बेष्ट गोल रक्षक शिवसताक्षीका विवेक राई बने । उत्कृष्ट सबैले नगद १० हजार हात पारे । साथै प्रतियोगिताको सर्वोत्त्कृष्ट खेलाडी बनेका आयोजक रोलिङका कप्तान पुजन उपरकोटीले नगद १५ हजार प्राप्त गरे ।

विजेतालाई कार्यक्रमका अतिथिहरु झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १५ का अध्यक्ष राजन भट्टराई, वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहाल, इप्रका धुलावारीका प्रहरी निरीक्षक विकास राई, कार्यपालिका सदस्य कृष्ण कनाल, पुरस्कार सौजन्य गर्ने विभिन्न ब्यक्तित्वहरुले विजेता खेलाडीहरुलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

आयोजक क्लबका अध्यक्ष नोमेम्बर नेम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज