काँकरभिट्टा नाकामा सुरक्षा सतर्कता बढाइने

  प्रकाशित मिति
१५ चैत्र २०७७, आईतवार १८:३६


मेचीनगर, १५ चैत । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण पुनःतीब्र बन्दै गएपछि पूर्वी नाका काँकरभिट्टिामा सुरक्षा सर्तकता बढाइने भएको छ ।

आइतबार इलाका प्रहरी कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको असर नेपालमा समेत पर्न सक्ने र विशेषगरी सीमानाका जोडिएको झापामा जोखिम बढ्न सक्ने भन्दै सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सभापतित्वमा सम्पन्न बैठकले सीमा नाकामा यात्रुहरुको आवतजावतलाई व्यवस्थित बनाउन उपयुक्त स्थानमा होल्डिङ सेन्टर बनाउने तथा नेपाल प्रवेश गर्ने यात्रुहरुको अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्नै र त्यसको आवश्यक व्यवस्था मेचीनगर नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले अतिआवश्यक काम बाहेन नेपाल भारतको सीमा नाका आवतजावत नगर्न नागरिकलाई अनुरोध गर्ने तथा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने ब्याक्तिको अनिर्वा अभिलेख राख्ने र त्यसको व्यवस्थापन इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीबल नेपाल विओपी काँकरभिट्टालाई जिम्मा दिने बैठकले निर्णय गरेको छ ।

बैठकमा प्रहरी उपरिक्षक सानुराम भट्टराई,सशस्त्र प्रहरी उपरिक्षक रमेशकुमार पाण्डे, सेनानी आकृती घिमिरे, अनुसन्धान अधिकृत अमृत थापा,सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, डीएसपी सुनिल दाहाल, सशस्त्र प्रहरी निरिक्षक प्रेमकुमार राई, मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, काँकरभिट्टा हेल्पडेस्कका ल्याव असिस्टेन्ट शान्ता भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज