सिके र गिरिराजकुमारी प्रसाईको योगदान उदाहरणीय : देउवा

  प्रकाशित मिति
२४ चैत्र २०७७, मंगलवार ०७:५६


झापा, २४ चैत । कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पन्न परिवारमा जन्मेर पनि सिके प्रसाई र गिरिराजकुमारी प्रसाईंले राजनीतिक तथा सामाजिक परिवर्तनमा देखाएको अग्रसरता उदाहरणीय रहेको बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ स्व. गिरिराजकुमारी प्रसाईको स्मृतिमा कांग्रेस झापाद्वारा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले समाजवादी चिन्तक सिकेले देखाएको बाटो र उहाँले आफ्नो जीवनमा अनुकरण गरेको समाजवादी चरित्र अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन ।

प्रसाई परिवार कांग्रेसका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै प्रसाई परिवारले गरेको राजनीतिक र सामाजिक योगदान कदरयोग्य रहेको उनले बताए । कार्यक्रमका कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्पन्न परिवारमा जन्मनुभएकी गिरिराजकुमारी प्रसाईले सर्वश्वहरणमा परेर निर्वासनको सजाय भोगिरहेका बेला सिकेसँग विवाह गर्नु नै सबैभन्दा ठूलो त्याग रहेको उल्लेख गरे ।

सिके र गिरिराजकुमारी प्रसाईले राजनीतिक र सामाजिक काममा गरेको योगदान अत्यन्तै उदाहरणीय रहेको चर्चा गर्दै सिके चिन्तन प्रतिष्ठान, विराट–भरत विश्रान्ति भवन निर्माण लगायतका थुप्रै सामाजिक काम गरेको चर्चा गरेका थिए । ‘सि.के.लाई जस्तोसुकै परिस्थितिमा पनि विचलित हुन नदिई राजनीतिक परिवर्तन र प्रजातान्त्रिक आन्दोलनमा लागिरहन गिरिराजकुमारी प्रसाईले गरेको योगदान अविस्मरणीय छ, सिटौलाले भने–‘ज्ञानुमुमा एक असल गृहिणी, असल राजनीतिज्ञ र असल सामाजिक अभियन्ता हुन ।’

कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, केशवकुमार बुढाथोकी, सरिता प्रसाई, पूर्वमन्त्री केशव थापा, कांग्रेस इलामका सभापति हिमाल कर्माचार्य, स्व.प्रसाईकी छोरी रमिता प्रसाई, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी केन्द्र झापाका विष्णु साम्पाङ, जनता समाजवादी पार्टीका अनुप राजवंशी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राम कट्टेल र सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज