गौरादहमा जुवा खेलिरहेका ९ जना कौडासहित पक्राउ

  प्रकाशित मिति
२४ चैत्र २०७७, मंगलवार ११:१८


झापा, २४ चैत । गौरादह नगरपालिका–३ बस्ने भक्तबहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगदसहित पक्राउ गरिएको छ ।
सोमबार राती साढे १० बजे सुचनाको आधारमा प्रहरीले घरधनि बर्देवासहित गौरादह–२ का ३२ बर्षीय निर्मल थापा, गौरादह–३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह–४ का ३६ बर्षीय मोहन खरेल, कनकाई–३ का ४० बर्षीय रामप्रसाद खतिवडालाई पक्राउ गरेको हो ।

यस्तै कनकाई–३ का ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई–७ का ४६ बर्षीय बिष्णुप्रसाद उप्रेती र दमक–७ का ३८ बर्षीय निरबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर १ थान र नगद ६९ हजार ४२० रुपैयाँसहित पक्राउ गरि अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज