पत्रकार महासंघको निर्वाचन सम्पन्न, मतगणना सुरु

  प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार २३:०६


झापा, २५ चैत । नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ ।

केन्द्र, प्रदेश र जिल्लाको एकैपटक निर्वाचन बुधबार सम्पन्न भएको हो । झापामा २६३ जना मतदाता मध्ये २५६ जनाले मत खसालेको निर्वाचन समितिका संयोजक चिन्तामणि दाहालले बताए ।

बिर्तामोड–२ चारपानेस्थित हिमाल सागर पार्टी प्यालेसमा विहान ९ वजेदेखि सुरु भएको मतदान वेलुका ५ वजे सम्पन्न भएको थियो । मतदानमा ९७ दशमलव ३ प्रतिशत मत खसेको दाहालले जानकारी दिए ।

मतगनणा भोलि विहान ८ वजे गर्ने सहमति भएको थियो । तर विवादका कारण फेरि मतगणना रातिनै सुरु गर्ने सहमति भएको निर्वाचन समितिको भनाइ छ । मतगणनाको परिणाम विहीबार मात्र सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका अनुसार बुधबार राति ११ वजेदेखि मतगनणा सुरु गरिएको छ । जिल्लाको मतपेटिकाबाट मतगणना सरु गरिएको छ । जिल्लाको मतगणना सकिएपछि मात्र प्रदेश अनि केन्द्र गनिने छ । मतगणना विहीबार विहानसम्म जारी रहने समितिले जनाएको छ । आगामी तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनमा तीनजना अध्यक्ष पदका लागि दाबेदार छन् ।

निर्वाचनमा प्रगतिशील व्यवसायिक समावेशी राष्ट्रवादी प्यानलबाट विशाल नेम्वाङ, व्यवसायिक पत्रकारहरुको प्यानलबाट तीर्थ सिग्देल र व्यवसायिक पत्रकारहरुको साझा प्यानलबाट एकराज गिरीको दाबेदारी रहेको छ ।

उपाध्यक्षमा केशव भट्टराई, गोपाल झापाली र हिमाल खरेल, महिला उपाध्यक्षमा शुशीला संग्रौला र सावित्रा दाहालको उम्मेदवारी छ । यस्तै सचिवमा डिकेश लामा, सुब्रत न्यौपाने र प्रेम आचार्यले उम्मेदवार रहेका छन् । सहसचिवमा खुल्ला तर्फमा राजु पाठक, विनोद सापकोटा, समावेशी सहसचिवमा अर्जुन राजवंशी र देशराज नेम्वाङको उमेद्वार रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, कोषाध्यक्षमा रञ्जित प्रसाई र रमेश तिवारीको उम्मेद्वारी परेको छ । त्यस्तै दलित सदस्यमा रन्जित परियार, किशोर उपरकोटी, जनजाति सदस्यमा शेसेहाङ फियाक र राजन साम्पाङको उम्मेद्वारी परेको छ ।

खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरे, विष्णुप्रसाद पौडेल, मनिषा चम्लगाई, होमप्रकाश अधिकारी, डम्वर वराल,विनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लगाई, तीलक तामाङ योन्जनले पनि खुल्ला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी केन्द्रीय परिषद सदस्य दीपिन राई, चेतन अधिकारी, गोपाल काफ्ले, कृष्ण हुमागाई र ज्ञानेन्द्र निरौलाको उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला सदस्य र मधेशी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

झापा शाखामा २ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश परिषदमा सबै निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद सदस्यमा ३ जना निर्विरोध निर्वाचित हुँदा ४ जना चुनावी मैदानमा छन् । महासंघको केन्द्रीय नेतृत्वका लागि निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकी प्यानलसहित चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज