अहिले भर्खरै : भारतका पूर्व प्रधानमन्त्री मनमोहनलाई कोरोना संक्रमण

  प्रकाशित मिति
६ बैशाख २०७८, सोमबार २१:२५


झापा, ६ वैशाख । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण भएको छ ।

बीबीसीका अनुसार आज साँझ उनलाई उपचारका लागि एम्स हस्पिटलमा भर्ना गरिएको छ ।

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी लगायतका नेताले ट्वीट गर्दै सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सिंहलाई रुघामर्कीको लक्षण देखिएको बताइएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

उत्तर प्रदेशको बनारस, गोरखपुर, प्रयागराज र लखनउ र कानपुरमा केही दिनयता पूर्णरुपमा लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज