रोटरी र रोट¥याक्ट क्लब मेचीनगरको पदस्थापन

  प्रकाशित मिति
७ बैशाख २०७८, मंगलवार ०७:२७


धुलाबारी, ६ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखरेलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् ।
सोमबार मेचीनगर–८ स्थित होटल क्राउनमा रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तोे कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रोटारियन पोखरेलले व्याक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक क्षेत्रमा क्रियाशिल हुन र असाहाय र विपन्नहरुको सेवामा समर्पित हुनुनै रोटरीको मुख्य उद्देश्य रहेको बताए । विश्वका २ सय बढी देशमा १२ लाख रोटारियनहरु सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउँदै उनले रोटरीको मूल्य र मान्यता अनुरुप काम गर्न सम्पूर्ण रोटरियनहरुलाई अनुरोध गरे ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले रोटरी तथा रोट¥याक्ट क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएकोले समाज रुपान्तरणमा यसको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा एसिस्टेन गभर्नर रोटारियन नविनकुमार श्रेष्ठ, एसिस्टेन डिष्ट्रिक रोट¥याक्टर सन्नी गोयल लगायतले बोलेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथि रोटारियन पोखरेलले रोटरी क्लव मेचीनगरका अध्यक्ष रोटरियन किशोर क्षेत्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । मेचीनगर अध्यक्ष क्षेत्रीले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा अध्यक्ष तथा पदाधिकारीहरु तथा सदस्यहरुलाई पिन, किट तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा रोट¥याक्ट क्लवका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरुलाई समेत सपथ ग्रहण गराइएको थियो । मेचीनगरमा हालै रोटरियन इवन लुइँटेलको अध्यक्षतामा २७ सदस्यीय रोट¥याक्ट क्लव र रोटरियन किशोर क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय रोटरी क्लव गठन गरिएको थियो ।

कार्यक्रममा दुवै अध्यक्षले स्वीकारोत्ती मन्तव्य व्यक्त गरेका थिए । रोटरी क्लव मेचीनगरका भाइस पे्रसिडेन्ट रोटरियन कमल कोइरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरियन सपना ओडारीले गरेकी थिइन् ।

मेचीनगर अध्यक्ष किशोर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका प्रेसिडेन्ट एलेक्ट रोटरियन अनन्त प्रकाश वस्तीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज