कनकाई भेट्रान कप : दूधे सेमिफाइनलमा

  प्रकाशित मिति
७ बैशाख २०७८, मंगलवार २१:०१


कनकाई, ७ वैशाख । सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । दूधेले इटहरीसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । दूधेका लागि खेलको ४८औँ मिनेटमा मोहन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, उनैले ५५औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाउन सफल भए ।

खेलको अन्त्यतिर लय समाएको दमक–लखनपुरले एक गोल फर्काउन सफल रह्यो । खेलको ६१औँ मिनेटमा सुवास आङथुपोले गोल गर्दै गोलअन्तर घटाए पनि जीतका लागि सम्भव भएन । खेलको म्यान अफ दी म्याच दुई गोलकर्ता दूधेका मोहन तामाङ घोषित भए । उनलाई स्थानीय फुटबलप्रेमी राजेन्द्र उप्रेतीको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । आयोजक कनकाई भेट्रान क्लबले विराट बुद्ध भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज