आज चितवनको अयोध्यापुरीमा सीतारामको मूर्ति राखिदै

  प्रकाशित मिति
८ बैशाख २०७८, बुधबार १०:४१


झापा, ८ वैशाख । आज चितवनको माडीस्थित अयोध्यापुरी धाममा श्रीरामनवमीको अवसर पारेर सीता, राम र हनुमानको मूर्ति प्रतिस्थापन गरिदैछ ।

गत असारमा प्रधानमन्त्री केपी ओलीले अयोध्यापुरीमा ती मूर्ति राख्ने घोषणा गरेका थिए । ओलीकै निर्देशनमा आज दिउँसे १२ः३० बजे प्रष्स्थिापन कार्यक्रम आयोजना गरिएको हो ।

मंगलवार काठमाडौंबाट तीन वटा रथमा आरोहण गराएर मूर्तिहरु माडीतर्फ पठाइएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा मूर्ति प्रतिष्थापन गरिने बताइएको छ ।

आज रामनवमी पर्व हो । भगवान रामको जन्म भएको दिन हो । रामको जन्म अयोध्यापुरीमा भएको र जनककी छोरी सीतासँग विवाह गरेको पौराणिक कथाहरुमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सक्कली अयोध्यापुरी नेपालकै माडीमा रहेको बताउँदै आएका छन् । हालसम्म भारतको उत्तरप्रदेशमा अयोध्या रहेको मानिदै आएको हुँदा ओलीको दावीप्रति भारतले आपत्ति जनाउँदै आएको छ ।

नेकपा माओबादी केन्द्रका अधयक्ष एवम् पूर्व प्रधामन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा अयोध्यापुरी रहेको छ । दाहालले केही दिन अघि सो क्षेत्रको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज