भीड खोज्दै हिँड्छ कोभिड

  प्रकाशित मिति
११ बैशाख २०७८, शनिबार ०७:२४


।। केदार शर्मा ।।
यो बिहे–ब्रतबन्धका साइतको मौसम हो । यो चूडाकर्म र गुन्युचोलीको पनि मौसम हो । हामी सबैको नातागोता वा मित्रमण्डलीभित्र केही न केही भइरहेकै हुन्छ ।

तर सबैसित अनुरोध छ, निम्तो पाइन भनेर पनि गुनासो नगरौँ, कोही निम्तो मान्न आएन भनेर पनि गुनासो नगरौँ ।

आइसकेको निम्तोमा जान मन लागेन, आँट आएन भने खुलस्त भनौँ । रुघामर्की लागेको निहुँ पारे पनि पाप लाग्दैन, बरु भीड पारेर कोभिड फैलाए पाप लाग्छ ।

मुखमा मास्क लगाएर र मनमा डर बोकेर के निम्तो मान्नु र ?

बाँचीवर्ती रहियो भने अहिले बिहे हुनेका दम्पतिका सन्तानका पास्नी, छेवर, गुन्युचोलीमा भेटौँला ।

(फेसबुकबाट साभार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज