अलविदा ‘विहारी सर’

  प्रकाशित मिति
१२ बैशाख २०७८, आईतवार १०:४६


मेचीनगर, १२ वैशाख । काँकरभिट्टा माविका पूर्व शिक्षक वीरचन्द्र प्रसाद चौरसियाको शनिबार निधन भएको छ ।

उनको ६५ वर्षको उमेरमा भारत पानीट्याङ्की स्थित निजी निवास दुलाल जोतमा विहान ११ वजे निधन भएको हो ।

सुगर र प्रेसरका विरामी उनी केहि समयदेखि डिप्रेसनमा पनि थिए । उनका श्रीमती, एक छोरा र तीन छोरीहरु थिए । एकमात्र छोराको पनि केहि समय अघि निधन भएको थियो ।

छोराको निधनकै कारण उनलाई डिप्रेसन भएको थियो । श्रोतका अनुसार उनको शनिवारै दाहसंस्कार गरिसकिएको बुझिएको छ ।

वि.सं. २०४० सालदेखि काँकरभिट्टा माविमा विज्ञान विषयको शिक्षकका रुपमा पढाउँदै आएका थिए । उनी विहारी सरको नामले पनि परिचित थिए । उनी २०७२ सालमा विद्यालयबाट अवकाश पाएका थिए ।

काँकरभिट्टा माविका प्रधानाध्यापक तुलसीप्रसाद निरौलाले चार महिनाअघि श्रीमतीका साथ विद्यालय आएको बताए । सञ्चयकोषको हिसाव बुझ्न नेपाल वहुउद्देश्य सहकारी संस्था (एनएमसी) आएको प्रधानाध्यापक निरौलाले बताए । सञ्चयकोष फिर्ताका लागि सिफारिस लिन उहाँहरु त्यसपछि विद्यालय नआएको उनले जानकारी दिए ।

‘३२ वर्ष माविमा सेवा गरेका विहारी सर शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी लगायत सबैका प्रिय थिए’, प्रधानाध्यापक निरौलाले भने–‘उनी एक असल, अनुभवी र कर्तब्यनिष्ठ शिक्षकको रुपमा परिचित हुनु हुन्थ्यो ।’

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज