तार चोर्ने २ पक्राउ, १५० वटा टेलिफोन अवरुद्ध

  प्रकाशित मिति
१४ बैशाख २०७८, मंगलवार ०७:१२


 

।। अर्जुन कार्की ।।

मेचीनगर, १४ वैशाख । नेपाल टेलिकमको केवल तार चोरी गर्ने दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका छन् ।
नेपाल टेलिकम कार्यालय काँकरभिट्टाले मेचीनगर–७ को पालियादेखि काँकरभिट्टा फायरिङ चोकसम्म जडान गरिएको केवल तार चोरी गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पानीट्याङ्कीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय श्रेष्ठ थरका एकजना र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् । उनीहरुलाई आइतबार राति पानीट्याङकीबाट पक्राउ गरिएको इप्रका प्रमुख डीएसपी सुनिल दाहालले बताए । (१६ वर्ष उमेर मुनिका बालकको नाम उल्लेख नगर्ने शर्तमा थर मात्र राखिएको हो)

मेचीनगर क्षेत्रमा केवल तार चोर्ने गिरोह विगतदेखि सकृय रहेको पाइएको छ । शनिबार राति काँकरभिट्टाको फायरिङ चोकमा केवल तार चोरी भएको थियो । एकसय पेयरको ७५ मिटर केवल तार चोरी भएको नेपाल टेलिकम कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताए । गत माघदेखि यो वैशाख महिनाको ११ गतेसम्ममा मेचीनगरमा तीनसय मिटर भन्दाबढी जडान गरिएको केवल तार चोरी भएको छ । पालियाको नयाँ बसपार्कदेखि काँकरभिट्टासम्म पचास र सय पेयरका ३१० मिटर केवल तार चोरी भएको उनले बताए ।

उनले यहि वैशाख ११ गते फायरिङ चोकबाट ७५ मिटर, फागुन २३ गते नयाँ बसपार्कबाट ५० मिटर, गत फागुन २० गते मेची भन्सार र सशस्त्र प्रहरी नजिकबाट ९० मिटर, माघ ३० गते नयाँ बसपार्कबाट ६० मिटर, माघ २५ गते नयाँ बसपार्कबाट ५० मिटर र माघ १७ गते नयाँ बसपार्कबाट ६० मिटर केवल तार चोरी भएको जानकारी दिए । तार चोरी हुँदा त्यसक्षेत्रको करिव १५० वटा लेण्डलाइन र ईन्टरनेट अवरुद्व हुँदा उपभोक्ताहरु सञ्चारविहिन भएका छन् । तार चोरी भएदेखि फोन गर्न र नेट चलाउन नपाईएकोमा उपभोक्ताहरु आक्रोशित भएका छन् ।

‘एक हप्तादेखि सञ्चारविहिन भएका छौँ’, स्थानीय पूर्णबहादुर राईले भने–‘स्वादेश तथा विदेशमा बस्ने आफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौँ । तार चोरी गर्ने गिरोहरुलाई प्रहरीले तत्काल पक्राउ गरी कारवाही गर्नुपर्छ । विग्रीएका ठाउँमा टेलिकमले चाडो मर्मत गरी सञ्चार सेवा सुचारु गनुपर्छ ।’ ‘तार चोरी हुने वितिकै विभिन्न ठाउँमा नयाँ तार हालेर मर्मत गर्यो’, अधिकारीले भने–‘तर, पर्सीपल्ट फेरि चोरी भईहाल्छ । त्यसैले टेलिकमले धेरैपटक त्यहि ठाउँमा व्यवस्थापन गर्न समस्या हुन्छ ।’

मेलमा आएका महत्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाईएको स्थानीय सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताए ।

केवल तार चोरी गर्ने गिरोहहरु मेचीनगरमा सकृय रहेको डीएसपी दाहालले बताए । पक्राउ परेका दुईजना लागुऔषध सेवनकर्ता रहेको उनले बताए । उनका अनुसार चोरीमा सम्लग्न अरुपनि रहेकोले उनीहरुको खोजीकार्य भइरहेको छ । भारतीय मानिससँग मिलेर नेपाली युवाहरुले तार चोरी गरेर पानीट्याङ्की बजारमा बिक्री गर्ने गरेको पाईएको छ । उनीहरुले उक्त तार प्रतिकेजी करिव एक हजार नेपाली रुपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ ।

केवल तार प्रायः रातिको समयमा चोरी हुने गरेको छ । लागुऔषधको कुलतमा फसेका साना उमेरका युवाहरु यस्तो कार्यमा सम्लग्न रहेका छन् । तार चोरी गरेर त्यसको भित्रको तामा निकाल्ने गर्छन । उक्त तामा पानीट्याङ्की लगेर बिक्री गर्छन अनि त्यहि पैसाले लागुऔषध खरिद गर्ने गरेको पाईएको हो।

स्मरणरहोस् दुई वर्षअघि पनि केवल तार चोर्नेको मेचीनगरमा विगविगी थियो । त्यतिखेर इप्रकाको कमाण्ड समालेका डीएसपी टंक भट्टराईले ईटाभट्टामा राति प्रहरीलाई रुखको टुप्पोमा चडाएर ड्युटिमा राखेका थिए । त्यसबेला ड्युटिमा रहेको प्रहरीले तार चोरदैँ गरेका एक जनालाई पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज