झापामा आजदेखि ‘सेमी लकडाउन’

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार ०६:३२


फाइल फोटो

झापा, २० वैशाख । झापामा आजदेखि निषेधाज्ञा लागू भएको छ । यसलाई सेमी लकडाउन मानिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ ।

आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ ।

निषेधाज्ञा वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ ।

सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।

निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ ।

कोभिड–१९ को बढ्दो महामारी नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस अनुसार निषेधाज्ञा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज