काठमाडौंबाट फर्केकालाई धमाधम संक्रमण

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १४:१३


मेचीनगर, २० वैशाख । एक हप्तायता काठमाडौं पुगेर आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेको छ ।

मेचीनगर–९ निवासी प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी र उनका परिवारका दुईजना सदस्यलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको छ ।

बुढाथोकी काठमाडौं पुगेर फर्किएका थिए । हाल बुढाथोकी परिवार डाक्टरको सल्लाहमा होम आइसोलेसनमै छन् ।

मेचीनगर–१० धुलावारी निवासी नेपाली कांग्रेसकी नेतृ दुर्गा खतिवडालाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख ७ गते काठमाडौ पुगेर १३ गते फर्किएको खतिवडाले जनाएकी छन् । आइतवार बीएन्डसी हस्पिटलमा उनले पीसीआर परीक्षणका लागि स्वाव दिएकी थिइन् ।

यसैबीच, धुलावारी खानेपानी उपभोक्ता समितिकी सदस्य अम्बिका संग्रौला भण्डारी र उनको पतिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा निषेधाज्ञा जारी भए पछि हजारौंको संख्यामा मानिसहरु घर फर्किएका छन् । उनीहरुको रेकर्ड स्थानीय पालिकाहरुले राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज