आगो नियन्त्रणको प्रयास जारी, १५ करोडको क्षति (फोटो फिचर)

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १४:१८


 

झापा, २० वैशाख । मेचीनगर नगरपालिका–१५ स्थित मिलकोटी स्थितमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षति भएको छ ।
आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानीयबासी परिचालित भएका छन् ।

सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षति भएको फ्याक्ट्री सञ्चालकले बताएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानविय क्षति नभएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज