एनएमसीको फिक्कलमा ४२ औँ शाखा

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १५:३५


फिक्कल, २० वैशाख । मेचीनगर स्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो ४२ औँ शाखा इलामको फिक्कलमा खोलेको छ ।
सूर्योदय नगरपालिका–१० मा रहेको पञ्चकन्या बहुउद्देश्यीय सहकारीलाई समाहित गर्दै एनएमसीले झापा जिल्ला बाहिर पहिलो शाखाको रुपमा फिक्कलमा खोलेको हो ।

शाखाको पहिलो सेयर खरिदकर्ता गणेश घिमिरेले पानसमा बत्ती बाल्दै शाखाको उद्घाटन गरे । २०५० सालमा स्थापना भएको एनएमसीको हालसम्म एक लाख १० हजार भन्दा बढि सेयर सदस्य रहेका छन् ।
पहिलो सेयर खरिदकर्ता घिमिरेलाई पञ्चकन्या सहकारीका अध्यक्ष देविप्रसाद उप्रेतीले एक लाख १० हजार ७ सय ६६ औँ सदस्यको प्रमाणपत्र प्रदान गरे ।

सहकारीको चुक्ता सेयरपुँजी १ अर्ब ५ करोड रुपैया भन्दा बढि रहेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुमा ८ अर्ब भन्दा बढि लगानी गरेको छ । एनएमसीले झापा र इलामसँगै मोरङमा समेत शाखा विस्तार गर्ने तयारी गरेको छ ।

सरकारले ल्याएको सहकारी मर्ज नीति अनुसार एनएमसीसँग पञ्चकन्यालाई समाहित गरिएको अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । २०५५ सालमा ३१ जना सेयर सदस्यबाट सुरु भएको सहकारीको हाल ५ सय भन्दा बढि सदस्यहरु रहेका छन् । एनएमसीले मंगलबारबाट फिक्कलमा कारोबार सुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज