झापामा १४९ जना संक्रमित, १ को मृत्यु

  प्रकाशित मिति
२० बैशाख २०७८, सोमबार १८:१३


मेचीनगर, २० वैशाख । झापामा सोमवार १४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार ५९ महिलासहित १४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ८ महिलासहित २७ जना, बिर्तामोडमा १९ महिलासहित ३७, गौरादहमा ३ महिलासहित १२ जना, मेचीनगरमा ६ महिलासहित १४ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ५ महिलासहित १० जना, हल्दीबारीमा २ जना पुरुष, अर्जुनधारामा ४ महिलासहित ११ जना, बुद्वशान्तिमा २ जना पुरुष, गौरीगञ्जमा १ जना महिला र कमलमा १ महिलासहित ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै दमक–५ का ६५ वर्षीया महिलाको वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको उनल बताए ।

योसँगै झापामा संक्रमितको संख्या ५२६०, डिस्चार्ज ४५४५, आइसोलेसनमा ५८० जना, कुल संक्रमित एन्टिजेन १२० जना र मृत्यु हुनेको संख्या १३५ जना पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज