गस्तीमै रहेका प्रहरी चौकीका प्रमुखको चट्याङ लागेर मृत्यु

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार ०९:०८


भद्रपुर, २१ वैशाख । किच्चकबध प्रहरी चौकीका प्रमुख महादेव ठाकुरको सोमवार राति चट्याङ लगेर मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. २ स्थित चौकीबाट साइकलमा गस्ती लिएर हिँडेका प्रहरी सहायक निरीक्षक (असई) ठाकुर चट्याङ लागेर घटनास्थलमै वेहोश भएका थिए ।

यो घटना सोमबार राति पौने ११ बजेतिरको हो ।

तत्कालै उनलाई ओमसाइ पाथिभरा हस्पिटल पुर्याइएको थियो । तर चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

ठाकुर ४७ वर्षका थिए । सीमा नजिक रहेको कारण चौकीबाट प्रहरीहरु रात्रि गस्तीमा निस्किने गरेका थिए ।

सोमवार राति ठूलो हावाहुरी र वर्षासँगै चट्याङ परेको थियो । गस्ती खटिएका उनका साथीहरु सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज