नागरिकता काण्डका वडाध्यक्ष पक्राउ परेकै दिन छुटे

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार १०:४६


मेचीनगर, २१ वैशाख । झुठो विवरण पेश गरेका विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेका विर्तामोड नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अजय कार्की पक्राउ परेकै दिन धरौटीमा रिहा भएका छन् ।

कार्कीले २०७६ सालमा विदेशी नागरिकलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेका थिए । कीर्ते नागरिकता काण्डको पर्दाफास भएपछि उनी फरार थिए ।

प्रहरीले सो काण्डका अभियुक्तहरुलाई मुद्धा चलाएपछि पक्राउ पूर्जी जारी गरिएका उनलाई सोमवार (हिजो) चन्द्रगढीको धनुषमोडबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको थियो ।

झापा जिल्ला अदालतले सोमवार नै ९ लाख धरौटी मागेपछि सो रकम बुझाएर कार्की तारेखमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज