वीएण्डसीमा एक कोरोना संक्रमितको मृत्यु

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार १४:५८


मेचीनगर, २१ वैशाख । झापाको वीएण्डसी अस्पताल ल्याइएका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ का ७० वर्षीय नरप्रसाद उप्रेती रहेका छन् । उनको सोमबार साँझ वीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

उप्रेतीलाई पाँच दिनअघि उपचारका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत वीएण्डसी अस्पताल ल्याइएको थियो ।

उप्रेतीको हिजो साँझ ६ वजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापन प्रमुख प्रोमिश गिरीले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज