बीएन्डसीमा ३३ घण्टामा ८८ हजार बिल उठ्यो : सांसद् बुढाथोकी

  प्रकाशित मिति
२१ बैशाख २०७८, मंगलवार १५:४९


झापा, २१ वैशाख । कोरोना संक्रमित आफ्नी आमाको उपचारमा बीएन्डसी हस्पिटलले लापरवाही गरेको प्रदेश सांसद् गोपाल बुढाथोकीले बताएका छन् ।

बुढाथोकीले सामाजिक सञ्जाल (फेसबुक)मा बीएन्डसीले आमालाई ३३ घण्टा हस्पिटलमा राख्दा ५६ हजार रुपैयाँ शुल्क, १८ हजार रुपैयाँ औषधि र १४ हजार रुपैयाँको ल्याबटेस्टमा खर्च आएको जनाएका छन् ।

उनले अस्पतालको उपचार महँगो मात्र नभएर व्यवहार समेत चित्तबुझ्दो नभएको उल्लेख गरेका छन् ।

वैशाख १९ गते दिउँसो सांसद् बुढाथोकीकी आमालाई निमोनिया छ कि छैन भनेर बीएन्डसी पुर्याइएको थियो । भोलिपल्ट विहान डाक्टरहरुले समस्या छैन भने तापनि राति ११ बजे दर्के पानीका बेला डिस्चार्ज गरेको बुढाथोकीले जनाएका छन् ।

हस्पिटलको आइसीयु बसाइमा तातो पानी खान नपाइएको, ओढ्ने लुगा नदिइएको र अरु बेला खानै पर्ने औषधि समेत खान नपाएको आमाको भनाई उद्धृत गर्दै बुढाथोकीले जनाएका छन् ।

उनले हस्पिटलप्रतिको असन्तोषपूर्ण अभिब्यक्ति फेसबुकमा सार्वजनिक गरेपछि सयौं व्यक्तिले हस्पिटलको सेवा र व्यवस्थापन फितलो भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज