सामुहिक राजीनामा अपराध हो : ओली

  प्रकाशित मिति
२६ बैशाख २०७८, आईतवार २१:५७


झापा, २६ वैशाख । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि माधव नेपाल समूहले दिने भनेको राजीनामा रोकिएको छ ।

नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको थियो । तर, पार्टी अध्यक्ष ओलीले पौडेल र नेम्वाङलाई नेता नेपाल समूहलाई भेट्न पठाएपछि आजका लागि उनीहरुको राजीनामा रोकिएको हो ।

ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।

दुवै पक्षले आ–आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन। नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताए ।

यसैबीच नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका कुनै पनि सांसदलाई सामूहिक राजीनामा नदिन आग्रह गरेका छन् । उनले यस्तो कार्यलाई ‘अपराध’ व्याख्या गर्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरूलाई भनेका छन् ।

आइतबार विज्ञप्ति निकालेर ओलीले ‘फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने कार्यलाई’ हानिकारक प्रयास’ भएको भनेका छन् ।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’, उनले लेखेका छन्, ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन् । जसका लागि संसदमा विशेष अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज