अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरै पुगे कनकाईका मेयर

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार ११:५१


(तस्वीर : आमसञ्चार डटकम)

कनकाई, ३० वैशाख । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् ।

कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए ।

नगरमा २० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । होम आइसोलेसनमा रहनुभएको नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेसन वार्डमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं. १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

नगरप्रमुख आफै अक्सिजनको सिलिन्डर बोकेर सङ्क्रमितको घरमा पुग्नु हुँदा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मवल उच्च भएको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज