हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार ०९:०१


झापा, ३० वैशाख । कमल गाउँपालिकाका एकजना पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

कमल–३ का ४४ वर्षीय जीतबहादुर लिम्बुको आज विहान ५ वजे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

रतुवामाई वृक्षारोपन सामुदायिक वन क्षेत्र नजिक जंगली हात्तीको आक्रणबाट लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रोकश थापाले बताए ।

थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज