लोकतान्त्रिक योद्धा राईको पार्थिव शरिर काँकरभिट्टा ल्याईयो

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार ११:२९


मेचीनगर, ३० वैशाख । लोकतान्त्रिक योद्धा प्रेम राईको पार्थिव शरिर काँकरभिट्टा ल्याई पुर्याईएको छ ।

काठमाडौँमा निधन भएका काँग्रेस नेता राईको पार्थिव शरिर आज ११ वजे एम्बुलेन्समा रमाईलो गाउँ स्थित घरमा ल्याईएको हो ।

मेचीनगर–६ काँकरभिट्टा स्थित रमाईलो गाउँ निवासी राईको बुधवार राति ११ वजे काठमाडौँमा निधन भएको थियोे ।

नेता राईको आज दिउसो १ वजे सालघारी स्थित समाधि स्थलमा किराती परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज