मोटरसाइकल ट्रकसँग ठोक्किदा चालकको मृत्यु

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार १२:५६


झापा, ३० वैशाख । मेचीनगर–१० स्थित टिकापुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

बुधवार राति ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रतीत भई मुख्य सडकको छेउमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० बर्षीय कुजैहाङ लिम्बु घाइते भएका थिए ।

घाइते लिम्बुलाई तत्काल उपचारका लागि वीएण्डसी अस्पताल बिर्तामोड पठाईएको थियो । उपचारको क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज