एम्बुलेन्समा अक्सिजन नहुँदा सङ्क्रमितको मृत्यु, काङ्ग्रेसको आपत्ति

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार १५:५६


भद्रपुर, ३० वैशाख । नेपाली काङ्ग्रेसको भद्रपुर नगर समितिले अक्सिजन नभएको एम्बुलेन्समा विरामी बोक्दा भएको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भद्रपुर–४ का कोरोना सङ्क्रमित अनुप राजबंशीलाई अक्सिजन नभएको भद्रपुर नगरपालिकाको एम्बुलेन्समा राखी अस्पताल लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको थियो ।

पार्टीको क्षेत्रीय समिति सभापति गणेश पोखरेलले आज विज्ञप्ति जारी गर्दै यस्तो लापरवाही नगर्न नगरपालिकालाई सचेत गराएका छन् ।

एम्बुलेन्सभित्र अक्सिजनको व्यवस्था हुनुपर्ने विषय प्राथमिक व्यवस्थापकीय जिम्मेवारी भए तापनि नगरपालिकाले सङ्कटको घडीमा लापरवाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगामी दिनमा हरेक एम्बुलेन्समा अक्सिजनको व्यवस्था अनिवार्य गराउन काङ्ग्रेसले नगरपालिका नेतृत्वलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज