मेचीनगरमा २४ सहित झापामा २३२ जना संक्रमित, ५ को मृत्यु

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार २०:०२


मेचीनगर, ३० वैशाख । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यसैगरी आजै २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ९९ महिलासहित २३२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ३४ महिलासहित ८८ जना, बिर्तामोडमा २९ महिलासहित ४६ जना, मेचीनगरमा ८ महिलासहित २४ जना, भद्रपुरमा ३ महिलासहित ७ जना, अर्जुनधारामा ४ महिलासहित १० जना, बुद्वशान्तिमा ३ महिलासहित ८ जना, कचनकवलमा १ जना पुरुष, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा ६ महिलासहित ११ जना, बाह्रदशीमा २ महिलासहित ४ जना र ठेगाना नखुलेका २ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ७२२०, डिस्चार्ज ४७२७, आइसोलेसनमा २३३० जना, कुल संक्रमित एन्टिजेन ३४९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७० जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज