झापामा शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध

  प्रकाशित मिति
३० बैशाख २०७८, बिहीबार २१:२७


झापा, ३० वैशाख । झापामा शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।

जिल्लामा कोरोनाको महामारी दिनदिनै बढ्न थालेपछि प्रशासनले त्यस्तो निर्णय गरेको हो ।

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीसएमसी) झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि थप कडाइ गर्ने उद्देश्यले शुक्रबार राति १२ बजेदेखि आगामी जेठ ७ गतेसम्म अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

सरकारी कार्यालय र अत्यावश्यक सेवाका कर्मचारीलाई विहान ९ देखि १० बजेसम्म तथा बेलुका ५ देखि ६ बजेसम्म आवतजावत गर्न दिने र अन्य समय कसैलाई पनि बाहिर हिडडुल गर्न नदिने निर्णय गरिएको उनले बताए ।

हरियो सागसब्जी, फलफुल र डेरी उत्पादनलाई स्थानीय पालिका र वाणिज्य संघहरुको समन्वयमा विहान ८ बजेभित्र घरघरमा पुर्याउनु पर्नेछ भने खाद्यान्न लगायतका पसललाई खोल्न पाईने छैन । सहकारी संस्थाहरुले घरघर पुगेर बचत संकलन गर्ने कार्य समेतलाई अब बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज