छोराको शोकले प्रशासकीय अधिकृत खाम्याहाङकी आमाको निधन

  प्रकाशित मिति
९ जेष्ठ २०७८, आईतवार २२:५७


झापा, ९ जेठ । छोराको शोकले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङकी आमाको निधन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङकी ९० वर्षीया आमा चन्द्रमायाको आइतबार दिउँसो घरमै निधन भएको हो ।

संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ४ माम्लिङमा रहेको घरमा दिउँसो २ः३० बजे चन्द्रमायाको निधन भएको आफन्त शशिकला राईले जानकारी दिइन् ।

कोरोना भाइरसबाट संक्रमित प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको जेठ ३ गते उपचारका क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा दिउँसो २ः३० बजे नै निधन भएको थियो । छोराको निधन भएको खबर सुन्नेबित्तिकै चन्द्रमाया बेहोस भएकी थिइन् ।

सोही दिनदेखि वाक्य बसेको र होस नखुली आज निधन भएको मेचीनगर नगरपालिकाकी पूर्व स्वास्थ्य शाखा प्रमुख राईले बताइन् ।

चन्द्रमायाका ६ जना छोरामध्ये प्रशासकीय अधिकृत खाम्याहाङ साइला छोरा थिए । माइला र काइला छोराको पनि निधन भइसकेको थियो ।

त्यस्तै तीन छोरीमध्ये माइली छोरीको पनि निधन भइसकेको थियो । कान्छा छोरा काठमाडौंबाट फर्किएपछि चन्द्रमायाको सोमबार दाहसंस्कार गरिने जनाइएको छ ।

(न्युजसञ्जाल)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज