सहकारीद्वारा झापामा भव्य अस्पताल बनाउने तयारी

  प्रकाशित मिति
१३ जेष्ठ २०७८, बिहीबार १०:४०


मेचीनगर, १३ जेठ । झापा जिल्ला सहकारी संघ आफ्नो नेतृत्वमा सहकारी अस्पताल सञ्चालन गर्ने निष्कर्षमा पुगेको छ ।
अस्पताल सञ्चालनका लागि तत्काल पिपिसिपी मोडलमा अवलम्बन गर्ने भने पनि थप छलफल र परामर्शपछि अघि बढ्न जिल्ला संघ लागि पर्ने भएको हो ।

भर्चुअल प्रविधिबाट बुधवार गरिएको सरोकारवालासँगको छलफलमा संघका अध्यक्ष गणेश ढकालले अवधारणा पत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक अर्वको लगानीमा चार वर्ष भित्र अस्पताल सञ्चालनमा ल्याउने बताइएको छ ।

४० देखि ५० करोडबाट काम प्रारम्भ गरिने अस्पताल निर्माणका लागि १० विगाह जग्गा प्राप्त हुने दाताबाट आश्वासन आएको छलफलमा बताइएको छ । जिल्ला सहकारी संघको नेतृत्वमा अस्पताल सञ्चालनका लागि जोडिन सबैलाई आग्रह गरिएको छ ।प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी संघको पनि अस्पताल स्थापनामा सहयोग रहने आश्वासन प्राप्त भएको जिल्ला संघका अध्यक्ष ढकालले छलफलमा बताएका थिए । अस्पताल स्थापना गर्नै पर्नेमा जोड दिएका सहभागीले आ–आफ्नो तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् ।

कानुनी जटिलता र नेतृत्वको विषयमा स्पष्ट हुन चाहेका सहभागीले जिल्ला संघले कोरोना महामारी र सामाजिक क्षेत्रमा विगतदेखि गर्दै आएको कामको मुक्तकण्ठले प्रशंसा गरिएको छ ।
पहिलो चरणको कोरोनाका बेला गतवर्ष विभिन्न शीर्षकमा ४ करोड भन्दाबढी खर्च गरेको झापाली सहकारी क्षेत्रले यस वर्ष उपलब्धी मुलुक र दीर्घकालीन काम गर्ने योजना अनुसार अस्पताल निर्माण गर्ने योजना अघि सारेर छलफल चलाएको छ ।

विभिन्न क्षेत्रका ९० जनाको हाराहारीमा सहभागिता रहेको छलफलमा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती, पूर्व नेपालका अध्यक्ष प्रेम सापकोटा, विराटका अध्यक्ष नवीन खरेल, सूर्यमुखीका चुडामणि कोइराला, हाम्रो नेपाल साकोस बिर्तामोडका सञ्चालक राजेन्द्र गौतम, स्वर्णलक्ष्मीका व्यवस्थापक कमल घिमिरे, जिल्ला संघकी सञ्चालक चन्दकला भण्डारी, भरोसा ग्रुपका सिइओ सन्तोष घिमिरे लगायतले सुझाव सहित योजना सफल हुने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सुझाव सहित प्रतिबद्धता व्यक्त गरेको कार्यक्रममा महासंघका सचिव डिकेश लामा, पत्रकार गोपाल काफ्ले, विष्णुप्रसाद पोखरेल लगायतले जिज्ञासा राखेका थिए । हाम्रो सहकारीबाट सम्भव छ अभियान भनेर सुरु गरिएको अस्पताल स्थापनामा विदेशमा रहेका नेपाली पनि जोडिने आश्वासन आएको सहकारी संघका अध्यक्ष ढकालले जानकारी दिए ।

जिल्ला संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज