कांग्रेसको पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउन दिने निर्णय

  प्रकाशित मिति
१४ जेष्ठ २०७८, शुक्रबार १४:५८


झापा, १४ जेठ । नेपाली कांग्रेस झापाले कोभिड महामारीविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको छ ।
कांग्रेस झापाको यसअघि बसेको वैठकले कोरोना भाइरसविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरेको हो ।

चार–पँच दिनअघि झापा कांग्रेसको वैठकले जिल्लाका पार्टी कार्यालयहरुलाई आइसोलेशन सेन्टर बनाउन दिने निर्णय भएको प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

त्यस्तै कांग्रेसले जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा कोभिड सहायता समिति गठन समेत गरिसकेको छ ।

संक्रमितको पीडामा परेका नागरिकका घरदैलोमा पुगेर सेवा र सहयोग गर्न पार्टीले गरेको निर्देशन पालना गर्न पनि आम नेता–कार्यकर्तामा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज