उपप्रधानमन्त्री महतोले सच्याए विवादास्पद अभिव्यक्ति

  प्रकाशित मिति
२३ जेष्ठ २०७८, आईतवार १६:३७


झापा, २३ जेठ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् ।
चौतर्फी आलोचना भएपछि महतोले मध्यरातमा विज्ञप्ति जारी गरि अभिव्यक्ति सच्याएका हुन् ।

महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर गलत प्रचार गरिएको दाबीसमेत गरेका छन् । राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै महतोले यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’

पदभार सम्हालेलगत्तेै महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज